२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । राप्रपाकी संघीय सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कावासोतीमा कार्यालय रहेको छिपछिपे उपभोक्ता संस्थाको १६ करोड ५८ लाख रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेका अनुसार सहकारीको रकम हिनामिना र ठगी शीर्षकमा उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । 

सर्वसाधारणले बचत गरेको रकम हिनामिना गर्ने सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मा, व्यवस्थापक योगेन्द्र पाण्डे, पूर्वसचिव नगेन्द्रबहादुर रिमाल, राप्रपाकी संघीय सांसद बस्नेतसहित ३५ जनालाई विपक्षी बनाइएको छ ।

सांसद बस्नेतका ज्वाइँ नगेन्द्र रिमालले बिना धितो ९६ लाख रुपैयाँ बर्दियाको गुलरियामा रहेको कृष्णसार रिर्सोटमा लगेर लगानी गरेका हुन् । त्यसको अध्यक्ष गीता बस्नेत भएका कारण उनीविरुद्ध सहकारीको रकम हिनामिना र ठगी अपराधमा मुद्दा दर्ता भएको हो । सहकारीका शेयर सदस्य र नियमित बचतकर्ता बाहेक अन्य व्यक्तिलाई ऋण दिन नपाइने सहकारी ऐनमा व्यवस्था छ । 

३५ जनाबाट सहकारीको हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ भन्दा धेरै रकम असुलउपर, त्यसको हर्जना र कैद सजायको समेत माग गरिएको छ ।