२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकपमा नेपालको खेल टुँडिखेलसहित ३ ठाउँबाट प्रत्यक्ष देखाइने

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टी-२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था गरेको छ ।

महानगरले काठमाडौँको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर देखाउने महानगरले जनाएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने देखाएको हो ।

टुँडिखेलमा हुने प्रत्यक्ष प्रसारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ । टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ ।

टुँडिखेलमा खाजा र खानाको स्टल समेत रहनेछ । ९ः १५ देखि हुने खेलका लागि महानगरपालिकाले अपरान्हदेखि नै गेट खुला गरिसकेको छ । यहाँ खेल हेर्न शुल्क पनि लाग्दैन ।

टुँडिखेलमा महानगरले कन्सर्टको लागि आवश्यक पर्ने स्टेज, लाइट र स्टलको व्यवस्थापन गरिसकेको छ । यस्तै तीनकुने र हाँडिगाउँमा पनि निःशुल्क रूपमा खेल देखाउन लागिएको हो ।

काठमाडौँ महानगरका अनुसार मंगलबार हुने खेल र त्यसको प्रत्यक्ष प्रसारणबारे स्थानीय प्रशासन, प्रहरीलाई खबर गरिसकेको छ भने प्रत्यक्ष प्रसारण हुने स्थानमा महानगरको नगर प्रहरी बलले थप सुरक्षा दिने जनाएको छ ।