काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको र राजनीतिक दबाबमा ढाकछोपको प्रयास भइरहेको बताएपछि गृहमन्त्रीले यस्तो बताएका हुन्।
उनले भने, ‘राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना लुक्नेछैनन्। म यो प्रतिबद्धता जनाउँछु।’ उनले सरकारले विपद्को व्यवस्थापनको लागि पनि सरकारले आवश्यक पूर्व तयारी गरिसकेको बताए
उनले भने, ‘आम नागरिकलाई सरकार छ, राज्य छ। हाम्रो अकालमा ज्यान गुमाउन पर्दैन। हाम्रो जनधनको क्षति हुँदैन भन्ने कुराको महसुस गराउन सक्ने गरी पूर्व तयारी गरिएको छ।’