२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्को पूर्वतयारी तथा व्यवस्थापनका लागि ‘लुज फोरम’ गठन गर्न गृह मन्त्रालयलाई सुझाव

अ+ अ-

काठमाडौँ । राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। 

गृह मन्त्रालयले आज आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरुलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन्। 

२०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेता-कार्यकर्तामा खोज र उद्धारको कर्तव्यबोध तथा स्वयंसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरूलाई प्रयोग गर्नुपर्ने उनीहरूको जोड थियो। 

एकीकृत समाजवादीका नेता डा. गङ्गालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए। 

त्यस्तै, भूकम्प र कोभिडका बेलाको सन्दर्भ जोड्दै नेपाली काँग्रेसका नेता एवं सांसद मोहनबहादुर बस्नेतले तल्लो तहसम्म संरचना रहेका दलका कार्यकर्तालाई ढङ्ग पुर्‍याएर परिचालन गर्न सके तत्काल परिणाम आउने बताए। 

माओवादी केन्द्रका नेता सूर्य सुवेदीले संघदेखि वडासम्म बनाइने ‘लुज फोरम’ले राजनीतिक दलले नै नेतृत्व गरेका तीन वटै तहका सरकारबीच समन्वय गराउन भूमिका पनि खेल्ने बताए। 

यसैगरी, एमालेका केन्द्रीय सदस्य एवं विपद् व्यवस्थापन तथा स्वयम सेवक विभाग प्रमुख किरण पौडेलले राज्यले विपद् व्यवस्थापनको स्रोत/साधन र दलहरूले जनशक्ति उपलब्ध गराउने अभ्यास प्रभावकारी हुने औँल्याए। 

छलफलमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले विगतका विपद् प्रभावितको व्यवस्थापनमा ध्यान दिन र जनमत पार्टीका सांसद अब्दुल खानले विपद् व्यवस्थापनको दीर्घकालीन योजना बनाउँदा पनि दलहरूसँग छलफल गर्न सुझाव दिएका छन् । 

दलका प्रतिनिधिहरूको सुझावपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक होस् या प्राकृतिक विपदमा एकजुट हुने नेपालका दलहरूको अभ्यास सकारात्मक रहेको भन्दै जनसेवाको उद्देश्य, तल्लो तहसम्मको संयन्त्र र स्वयम सेवक परिचालनको अनुभवका आधारमा पनि विपद् व्यवस्थापनमा दलहरूको योगदान महत्त्वपूर्ण हुने अपेक्षा राखेका छन् । दलका प्रतिनिधिले ‘लुज फोरम’ बनाउन दिएको सुझाव ग्रहण गर्दै मन्त्री लामिछानेले तीनै तहको सरकारबीच समन्वय गराउन पनि त्यो फोरम प्रभावकारी हुने बताए।