काठमाडौँ । नेकपा एमालेको काठमाडौँको ७ औँ जिल्ला अधिवेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ । आगामी २६, २७ र २८ गते भृकुटीमण्डपमा अधिवेशन आयोजना गर्न लगाएको बताइएको छ ।
एक नेताका अनुसार अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जेठ २७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बन्द सत्र हुनेछ । बन्द सत्र सञ्चालनका लागि आनन्द पोखरेलको नेतृत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल चयन भएको छ ।
अधिवेशनमा ५८५ जना प्रतिनिधिहरूको सहभागितामा हुने छन् । अधिवेशनमा पार्टी कामको समीक्षा, राजनैतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्ययोजना रहेको छ ।







