काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल-भारतबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा तीव्रता दिनेबारे छलफल भएको छ ।
मोदीको शपथमा भाग लिन गएका प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग आइतबार एकल भेटवार्ता पनि गरेका थिए ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले छिमेकी देशहरूको भ्रमणको श्रंखला नेपालबाट सुरु गर्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिएका छन् ।
त्यसक्रममा प्रधानमन्त्री दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । मोदीले नेपाल आउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री दाहाले जानकारी दिए ।
मोदीसँगको भेटमा यसअघि भारतमा भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनलाई तीव्रता दिने कुरा भएको छ । प्रधानमन्त्री दाहालले नेपाल भारतका सबै द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय गराउनेबारे मोदीसँग कुरा गरेका थिए । सबै संयन्त्रका वार्ता र छलफलहरूलाई सक्रिय गराउनेबारे मोदी पनि सहमत रहेको दाहालले जानकारी दिए । संयन्त्रहरूलाई सक्रिय बनाउने भन्नेमा सीमाबारे सीमा सम्बन्धी संयन्त्र पनि पर्ने उनले बताए ।