९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिमा शिक्षकको संलग्नता अन्त्य गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । राजनीतिक दलमा आबद्ध शिक्षकलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन सबै पक्षले आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ अध्यक्षताको विषयगत समिति बैठकले सो निर्णय गरेको हो । 

बैठकले विद्यालयलाई राजनीतिमुक्त गरी शिक्षकलाई पेसाप्रति संवेदनशील, जिम्मेवार, जबाफदेही र व्यावसायिक बनाउन काजमा रहेका शिक्षकलाई सम्बन्धित विद्यालयमा फिर्ता गर्ने निर्णयसमेत गरेको छ ।

समितिमा सहभागितालाई फराकिलो बनाउन प्रादेशिक तथा भौगोलिक प्रतिनिधित्व र सन्तुलन मिलाई एक पटकमा सात जना स्थानीय तहको प्रमुखलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको छ । आवश्यकअनुसार समितिको बैठक हरेक चार महिनामा बस्ने निर्णयसमेत गरिएको छ ।

बैठकले मन्त्रालयमा संरचनागत दोहोरोपना हटाउन मन्त्रालयको ओएनएममा समावेश गर्ने गरी सङ्गठन व्यवस्थापन सर्भे गर्ने र संरचनागत एकरूपता कायम गर्ने निर्णय गरेको छ । संघीय तहमा रहेका हस्तान्तरण गर्नुपर्ने संरचना, स्रोतसाधनको विषयमा कानून संशोधन, परिमार्जन, निर्देशिका, कार्यविधि, मापदण्ड निर्माणका कार्य अगाडि बढाउने तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका कार्य एवं संरचना हस्तान्तरणको मोडालिटी तयार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शैक्षिक संरचना तथा शिक्षण संस्थाको नक्साङ्कन गरी कार्य सञ्चालन चुस्त र प्रभावकारी बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस