११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रिय सभाको आजको विशेष समयमा नेपाली काँग्रेसका विष्णुकुमारी सापकोटाले कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भर हुनु परेको उल्लेख गर्दै आत्मनिर्भर बन्ने गरी सरकारले विशेष कार्यक्रम अगाडि सार्नुपर्ने बताइन् । 

“कृषिप्रधान देश हो तर हामी आफैँले खान पुग्ने गरी खाद्यान्न तरकारी फलफूल पनि उत्पादन गर्न सकिरहेका छैनौँ, परनिर्भर हुनुपरेको छ”, सांसद सापकोटाले भनिन्, “प्राकृतिक स्रोतहरू परिचालन गर्न जानेका छैनौँ, प्लाष्टिकजन्य सामग्रीलाई बढी कर लगाउनुपर्छ, नेपालकै दुनाटपरी प्रयोग गर्नुपर्छ, जसले गर्दा मुलुक आत्मनिर्भर हुन्छ । यस विषयमा सरकारको ध्यान जाओस् ।” 

जलवायु परिवर्तनका कारण हिमाल कालापहाडमा परिणत भएका, धेरै नागरिक पहाडबाट तराई झरेका र तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएका तर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुमित्रा विसीले मुलुकलाई आत्मनिर्भर बनाउने किसिमका उद्योगधन्दा र कृषिजन्य उत्पादन बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन् । “मुलुकलाई आत्मनिर्भर बनाउन कृषिमा लगानी गर्नुपर्छ, कृषिमा आधारित उद्योगभन्दा खोल्नुपर्छ”, उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्नका लागि मुलुकलाई विकासको बाटोमा डोर्‍याउने जरुरी छ ।” उनले भूकम्प प्रभावितलाई अझै घर निर्माण नभएका र पहिलो किस्ता पनि ६० प्रतिशतले नपाएको गुनासो आइरहेको उल्लेख गर्दै टिनको टहरामा बस्नुपर्दा गर्मी, सर्पको डर र विभिन्न खालको हिंसा हुने खतरातर्फ पनि सरकार सचेत हुनुपर्ने बताइन् ।

नेपाली काँग्रेसका नारायणदत्त मिश्रले बजेटमा प्रभावशाली नेताका जिल्लामा धेरै बजेट र अरु नेताहरूको जिल्लामा बजेट नै नभएको गुनासो गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।  उनले सरकारी विद्यालयमा तालिममा धेरै खर्च गरिए पनि शिक्षण सिकाइमा धेरै सुधार हुन नसकेकाले यस विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे । साथै, उनले संघीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

एमालेका सोनाम गेल्जेन शेर्पाले जलवायु परिवर्तनले विकराल अवस्था ल्याएको भन्दै सगरमाथाको आधार शिविरमा फोहरमैला व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले जलवायु परिवर्तनका कारण हिमालमा गम्भीर असर परेकाले न्यूनीकरणका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उर्मिला अर्यालले राज्यको आर्थिक स्रोतको दुरुपयोग गर्दै राजनीतिक पहुँच बढाउनेलाई कारबाही गर्नुपर्ने बताइन् । उनले झोलुङ्गे पुलको नियमित मर्मत गर्ने, विकल्पमा पक्की पुल बनाउनुपर्ने र विगतमा लापरबाही गरेका ठेकेदारहरूलाई कारबाही गर्नुपर्ने बताइन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का मदनकुमारी शाह (गरिमा)ले भूकम्प प्रभावित क्षेत्रजस्तै सल्यान, रुकुमपश्चिम र जाजरकोटको पुनः निर्माणमा तीव्रता दिन माग गरिन् ।

सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको बीचमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा १४ वटा खच्चड पुलमा परेका र समयमा उद्धार गर्न नसक्दा दुई खच्चडको मृत्यु भएकोप्रति दुःख व्यक्त गरे । झक्कुप्रसाद सुवेदीले खास परिस्थितिमा देशमा निराशा देखिनु स्वभाविक भएको उल्लेख गर्दै सबैले निराशा बाँड्ने काम गर्न नहुनेमा बताए । उनले नयाँ पार्टीहरू पुराना पार्टीको वितृष्णाको कारण नभई नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आएको र अब संविधान रक्षाका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

यस्तै, सांसद विष्णुदेवी पुडासैनीले महँगी बढ्दै गएको तर निरीक्षण तथा अनुगमनको कुनै पनि व्यवस्था नभएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विकास निर्माण, सडक, पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।  

प्रतिक्रिया दिनुहोस