२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकट जिल्ला मनाङमा खाद्य उत्पादन वृद्धि 

अ+ अ-

मनाङ । विकट जिल्ला मनाङमा खाद्य उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा खाद्य उत्पादनमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको तल्लो क्षेत्रमा खेती भित्र्याउने कार्य भइरहेको छ । यस क्षेत्रमा गहुँ, जौ, उवा, फापरखेती गरिन्छ । आर्थिक वर्ष २०७९/८० मा भन्दा चालु आर्थिक वर्ष २०८०/८१ मा खेती उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले जानकारी दिए । उनका अनुसार गहुँ उत्पादनको क्षेत्रफल नै वृद्धि भएको छ ।

गत वर्ष एक सय पाँच हेक्टर क्षेत्रफलमा गरिएको गहुँखेती दुई सय ३१ मेट्रिकटन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा खेतीयोग्य भूमि वृद्धि भएर एक सय १० हेक्टर क्षेत्रफलमा गरिएको गहुँ खेती दुई सय १८ मेट्रिकटन उत्पादन भएको रेग्मीले बताए ।

आर्थिक वर्ष २०७९/८० मा ५५ हेक्टर क्षेत्रफलमा गरिएको जौखेती एक सय २१ मेट्रिकटन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५० हेक्टर क्षेत्रफलमा मात्रै जौखेती गरिएको छ । उक्त क्षेत्रफलमा गरिएको जौखेती ९८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा ६७ हेक्टर क्षेत्रफलमा उवाखेती गरिएको थियो । उक्त क्षेत्रफलमा गरिएको खेतीबाट एक सय ४० मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षमा क्षेत्रफल घटेर ६५ हेक्टरमा मात्रै उवाखेती एक सय २८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्ष तीन सय दुई हेक्टर क्षेत्रफलमा गरिएको फापरखेती तीन सय २० मेट्रिकटन उत्पादन भएको छ । माथिल्लो मनाङमा फापर छर्ने कार्य भइरहेको छ । तल्लो मनाङमा यतिबेला गहुँ, जौ, उवाखेती थन्क्याउने काम सकिएको छ भने समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइसम्मको माथिल्लो क्षेत्रमा गरिएको खेतीमा बाला लागिरहेको प्रमुख रेग्मीले बताए ।

जिल्लामा दुई हजार १७ हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्र हो । समुद्री सतहदेखि एक हजार आठ सयदेखि तीन हजार पाँच सय मिटर उचाइसम्म खेतीयोग्य भूमि रहेको छ । 

यहाँ आलु, गहुँ, करु, उवा, कोलु बोडी, जौलगायत अन्नबालीको उत्पादन हुन्छ । यहाँ धानखेती भने हुँदैन ।