काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले धरपकड गरेको भन्दै कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौँमा प्रदर्शन गरेका थिए ।
त्यस क्रममा दर्जनौँ घाइते भएको र ट्रमा सेन्टरमा उपचार भइरहेको उल्लेख गर्दै बुधबार प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सरकारसँग निःशुल्क उपचारको माग गरेका हुन् ।
आफूहरूले निर्बाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यावसायीहरुले काठमाडौँको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले यस सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने समेत माग गरे ।