२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएको छु : गृहमन्त्री  

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताएका छन् । 

सोमबार राष्ट्रिय सभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताए ।  

उनले भने, ‘महिला तथा बालबालिकाका विरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यानवयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशिल र सचेत रहेको कुरा जानकारी गराउन चाहन्छु ।’

लामिछानेले अछाममा भएको छाउपडी घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै छिट्टै अदालती प्रक्रियामा जाने बताए । छाउपडि प्रथाको अभ्यास भएका क्षेत्रको समीक्षा गर्न र अनुसन्धानको कार्य कडाइका साथ गर्न र अपराधीलाई कडा कारबाही गर्न पनि निर्देशन दिइएको लामिछानेको भनाइ छ । 

उनले यो प्रथाको अन्त्य गर्नको लागि एउटा समिति निमार्ण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णयहरू गर्ने र अभियानहरू सञ्चालन गर्ने कुराको पनि निर्णय भएको पनि जानकारी दिएका छन् । 

असार ४ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि छाउगोठ नजिकै बेहोस अवस्था फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले उद्धार गरी उनलाई उपचारको लागि जिल्ला अस्पताल लगेको थियो ।