८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्जमा महिला क्याम्पस स्थापना

अ+ अ-

खजुरा (बाँके) । यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ ।

करिब रु. पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताए । उनका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बिबिएच, चार वर्षे बिएड र बिएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । एक सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् । कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उनले जानकारी दिए ।

मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

नमुना बन्यो नेपालगञ्ज कन्या मावि

नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै बेला एक सय विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथ्ये । भर्ना भएका विद्यार्थी पनि नियमितरूपमा विद्यालय आउँदैनथे । घरदैलोमा पुगेर आग्रह गर्दा पनि विद्यार्थी नआएपछि हैरानी बोर्होनुपरेको शिक्षक बुधेशकुमार जयसवालले विगतलाई स्मरण गर्दै बताए ।

शैक्षिक सत्र २०७४/७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने सुनाउँदै पूर्वप्रधानाध्यापक भइसकेका शिक्षक जायसवालले तत्कालीन समयमा ९० जनासम्म विद्यार्थी हुने गरेका बताए । उनका अनुसार अहिले विद्यालयमा छ सय भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

विद्यालयमा सुधार

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गर्यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

“नेपालगञ्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगञ्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्यौँ”, पूर्वउपप्रमुख उमा थापा मगरले भनीन्, “कन्या मावि बनाएपछि विद्यार्थीको सङ्ख्या बढ्नुका साथै शैक्षिक सुधारसमेत भएको छ ।”

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गरेको भन्दै आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभएको उनको भनाइ छ ।

सोही योजनाअनुसार उपमहानगरले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गरेको हो । विद्यार्थी नपाएर फुर्सदमा रहेका शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुँदै गएका मगरको बुझाइ छ ।

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरिएको छ । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस