८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरिजाप्रसादको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी र बहस गर्ने काँग्रेसको तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा बहस र फोटो प्रदर्शनी गर्ने भएको छ ।

१८ असारमा पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाको शताब्दी जन्मजयन्ती मनाउने गरी फरक–फरक सेसनका कार्यक्रम तय गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार हुने जन्मजयन्ती कार्यक्रमको पहिलो सेसन फोटो प्रदर्शनी राखिएको छ ।

प्रदर्शनीमा रहने सबै फोटो कोइरालासँग सम्बन्धित हुनेछन् । १५१ भन्दा बढी फोटो प्रदर्शनीमा राखिने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।

कोइरालालाई विमर्शको केन्द्रमा राखेर तीन शीर्षकमा बहससमेत हुने भएको छ । ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक बहसमा वक्ताका रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली वक्ताका रूपमा रहने छन् । उक्त बहसको सहजीकरण राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले गर्नेछन् ।

बहसको दोस्रो विषय ‘समुन्नतिको दोस्रो जग’ राखिएको छ । उक्त बहसमा लेखक हरि शर्मा, अच्युत वाग्ले र मञ्चला झाले धारणा राख्नेछन् । समुन्नतिको दोस्रो जग विषयक बहसको सहजीकरण अर्थविद् विश्व पौडेलले गर्नेछन् ।

जन्मजयन्तीमा नौलो कार्यक्रमका रूपमा फोटो पत्रकारलाई पनि वक्ताका रूपमा राखेर बहस गर्न लागिएको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकको छलफलमा फोटो पत्रकारहरू चन्द्रशेखर कार्की, गोपाल चित्रकार, विकास रौनियार र प्रकाश माथेमा वक्ता हुनेछन् । फोटो पत्रकारसँगको संवादलाई पत्रकार सुधीर शर्माले सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस