८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध यौन दुर्व्यवहारका चार उजुरी

अ+ अ-

काठमाडौँ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधान विरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेका छन् । उनीविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको हो ।

स्रोतका अनुसार इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै एक महिलाले उजुरी दिएकी छन् । अन्य उजुरी पनि सोही आरोपसँग सम्बन्धित रहेका छन् । नेपाल कानून आयोगको कार्यकारी निर्देशक हुँदा प्रधानले इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै ती महिलाले उजुरी दिएकी हुन् ।

समितिले प्राप्त उजुरीहरू समितिका सदस्यहरूलाई वितरण गरेको छ । बिहीबार समितिले उजुरीकर्तासँग छलफल गर्ने भएको छ । शुक्रवार प्रधानको सुनुवाइ छ ।

२४ भदौ २०८० मा पीडित महिलाले काठमाडौँ जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् । २९ भदौ २०८० मा अदालतमा दुवै पक्षबिच मिलापत्र भएको थियो । दबाब र प्रभावमा मुद्दा मिलापत्रमा टुंग्याएको भन्दै महिलाले प्रधानलाई निर्वाचन आयुक्त बनाउन उपयुक्त नहुने भन्दै समितिमा उजुरी दिएकी हुन् ।

असार २ मा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा नियुक्ति सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले प्रधान विरुद्ध ७ असारमा १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस