२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा उनीहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरे ।

सांसद शङ्कर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे । “७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भने ।

सांसद नारायणप्रसाद आचार्यले पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको जनाउँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए ।

बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सरकारको ध्यान पुग्न नसकेको बताए । बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्नेमा जोड दिँदै उनले वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद छिरिङ ल्हामु लामा तामाङले वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे । सांसद राजु थापाले अविरल वर्षाका कारण सिङ्गो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।