काठमाडौँ । सरकारले कैदकट्टा मिनाहा गर्नका लागि सिफारिस भएका ६३० जनाको नामावली सार्वजनिक गरेको छ ।
गत जेठ १५ सम्म ५० प्रतिशत कैद सजाय भोगिसकेका कैदीलाई कानूनी अड्चनका कारण कैदकट्टा मिनाहा हुन सकेको छैन । अब सरकारले उनीहरूको कैदकट्टा मिनाहा गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको हो ।
सबै कारागारबाट गत जेठ १५ गतेसम्म ५० प्रतिशत कैद सजाय भोगिसकेकाको नामावली कारागार व्यवस्थापन विभागमा आइसकेको विभागले जनाएको छ । विभागका अनुसार संशोधन कानूनमा कैद मिनाहा गर्नुअघि ७ दिनको म्याद दिएर उजुरी आव्हान गरिएको छ ।
सूची :







