२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न पुग्यो संसदीय उपसमिति

अ+ अ-

काठमाडौँ । २०७९ साल पुस १७ गते उद्घाटन भएर पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा विमानस्थलको स्थलगत अध्ययन गर्न संसदीय समिति आइतबार साँझ पोखरा पुगेको छ ।

विमानस्थल निर्माणको क्रममै त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्नेको उजुरीको आधारमा गठित राजेन्द्र लिङ्देन नेतृत्वको विमानस्थल अध्ययन उपसमिति अन्तर्राष्ट्रिय उडान हुन नसक्नुका कारण पत्ता लगाउन भन्दै पोखरा पुगेको हो ।

सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा १३ असारमा उपसमिति गठन भएको थियो ।

अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी पोखरा पुगेको उपसमितिका संयोजक लिङ्देनले जानकारी दिए ।

टोलीले सोमबार अध्ययन गरेर काठमाडौं फर्किने छ । काठमाडौँ फर्केलगत्तै फेरि आवश्यकताका आधारमा प्राविधिक तथा विज्ञहरूलाई पनि डाकेर यसको सम्झौतादेखि निर्माण सम्पन्न भएर हालसम्मको अवस्थाबारे अध्ययन गर्ने संयोजक लिङ्देनले जानकारी दिए ।

पोखरा आएको संसदीय उपसमितिमा लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुलप्रसाद बास्कोटा, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले, नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् ।

सोमबार बिहान आयोजनाको तर्फबाट निर्माणदेखि सञ्चालनसम्मको प्रस्तुति राख्ने, त्यसपछि स्थलगत अध्ययन हुने र दिउँसो अन्तरक्रिया गरिने अध्ययन टोलीमा सहभागी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२३ को नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए । तर, अहिलेसम्म यो विमानस्थलबाट केही अन्तर्राष्ट्रिय चार्टड उडान हुनु बाहेक आन्तरिक उडान मात्र भइरहेको छ ।