२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतम बुद्ध रंगशालालाई थप १ करोड ८० लाख बजेट निकासा

अ+ अ-

बाठमाडौँ । बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आव २०८०र०८१ मा विनियोजन गरिएको रकममध्ये बाँकी रहेको १ करोड ८० लाख रुपैयाँ बजेट तत्काल उपलब्ध गराउने भएको छ ।

आइतबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त एजेन्डाअनुसार उक्त रकम दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आवमै अघिल्लो पटक ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको थियो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रारम्भ गरेर अलपत्र छाडेको रंगशाला भरतपुर महानगरपालिका, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा निर्माण कार्य अगाडि बढिरहेको छ ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँ बराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, भरतपुर महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पहिलो चरणमा खेलमैदान र प्यारापिटलगायतका काम सम्पन्न गरेर खेल खेल्न मिल्ने गरी बनाइने बताइएको छ । प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै बजेट अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको हो । प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम अगाडि बढाइँदैछ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि रंगशाला निर्माण कार्य अलपत्र बनेको थियो । महानगरपालिकाले उक्त आयोजनालाई महानगरको गौरवको आयोजनाको रूपमा लिएको छ ।