७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

अ+ अ-

राँझा (बाँके) ।  डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी–९ मा वनक्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरेको छ । राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर नर्सरी निर्माण गरिएको हो । नर्सरीमा उच्च गुणस्तरीय बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । 

“गाउँपालिका, वडा कार्यालयलगायतको सहयोगमा अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण गर्न सफल भएका छौँ”, उनले भने, “हाइटेक नर्सरीको टर्मिनेशन च्याम्बरमा बहुवर्षीय ठूला जातका बिरुवा आठ हजार र साना जातको बिरुवा २० हजार हुन्छ, बाहिर सामान्य नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।”

एकीकृत भूपरिधि परियोजनाको रु ३५ लाख बजेट लगानीमा नर्सरी तयार गरिएको हो । अहिले निर्माण भएको नर्सरीमा अझै दुई–तीन तह स्तरवृद्धि गरेर पूर्ण हाइटेक नर्सरी बनाउने योजना रहेको सुवेदीले बताए ।

ढकेरी हाइटेक नर्सरीलाई लक्ष्यित गरी यो वर्ष शम्शेरगञ्जमा १६ हजार बिरुवा उत्पादन गरिएको छ । आगामी भदौमा ती बिरुवालाई शम्शेरगञ्जबाट ढकेरी हाइटेक नर्सरीमा सारिने र अर्को वर्षदेखि उक्त नर्सरीमै बिरुवा उत्पादन गरिने वन अधिकृत सुवेदीले जानकारी दिए । 

अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माणकार्यले वनक्षेत्र संरक्षण र बिरुवा उत्पादनको दोहोरो फाइदा भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले बताए । उनका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा पनि हाइटेक नर्सरीको संरचना निर्माण भएको छ । आगामी वर्षदेखि ढकेरी र नरैनापुर हाइटेक नर्सरीबाटै बिरुवा उत्पादनको काम हुनेछ । 

“चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनेका २७ घरटहरा हटाएर १३ जनामाथि मुद्दा दायर भएको छ”, उनले भने, “अन्य स्थानको वनक्षेत्रमा विगतमा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण हुन नदिने योजनाका साथ काम भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस