२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसिफको टी-२० आई वरीयता सुधार, दीपेन्द्र, सोमपाल र रोहितको खस्कियो

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी-२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ ।

टी-२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औँ स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुबै खेलाडीको अंक समान ४३१ छ ।

टी-२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औँ र दीपेन्द्रसिंह ऐरी ४६ औँ स्थानमा यथावत छन् । भारतका ऋतुराज गायकवाडले एकै पटक १३ स्थान सुधार गर्दै सातौँ स्थानमा छन् । अष्ट्रेलियाका ट्रविस हेड शीर्ष, भारतका सूर्यकुमार यादव दोस्रो र इंग्ल्यान्डका फिलिप साल्ट तेस्रो स्थानमा छन् ।

बलिङतर्फ टी-२० आई वरीयतामा दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाएका छन् । दीपेन्द्र ३ स्थान तल झर्दै १००औँ स्थानमा छन् । त्यस्तै सोमपाल कामी दुई स्थान तल झरेका छन् । सोमपाल ९४औँ स्थानमा पुगेका छन् ।

टी-२० आई अलराउण्डरतर्फ वरीयतामा दीपेन्द्रसिंह ऐरी सातौँ, कुशल मल्ल ३६औँ, गुलशन झा ६९औँ, कुशल भुर्तेल ७१औँ र करण केसी७५ औँ स्थानमा यथावत छन् । रोहित पौडेल एक स्थान तल झर्दै ५५ औँ स्थानमा पुगेका छन् ।

उता ओडीआईमा नेपालको दुई स्थान खस्किएको छ । पछिल्लो पटक २ जुलाईमा भएको अपडेट अनुसार नेपाल १७औँ स्थानमा पुगेको छ । नेपाल भन्दापछि ओमान १८औँ, अमेरिका १९ औँ र युएई २०औँ स्थानमा छन् । नामिविया १६औँ र क्यानडा दुई स्थान सुधारका साथ १५औँ स्थानमा छ ।

टी-२० आई वरीयतामा अघिल्लो हप्ताको अपडेट अनुसार नेपाल १७औँ स्थानमा यथावत्‌ छ ।