६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यागमन ‘सेटिङ’ भत्काएरै छाड्ने गृहको नीति, बैरोबाट सिधै र दोहोर्‍याएर जान खोज्नेलाई रोकिँदै 

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमनमा हुने गरेको ‘सेटिङ’ भत्काएरै छोड्ने नीतिलाई थप कस्ने भएको छ । विमानस्थलमा खुल्लम खुल्ला हुने गरेको ‘सेटिङ’लाई एक हदसम्म रोक्न सफल भएको गृहले पूर्णरुपमा नियन्त्रण गर्न कर्मचारी व्यवस्थापनमा थप कडाइ गर्ने भएको हो । जस अनुसार अब वैदेशिक रोजगारबाट सिधै अध्यागमन सरुवा गरिने छैन भने दोहोर्‍याएर समेत पठाइने छैन । 

वैदेशिक रोजगार विभाग तथा कार्यालयका कर्मचारी र म्यानपावर कम्पनीहरूबिच हुने गरेको सक्ने साँठगाँठलाई मध्यनजर गर्दै अध्यागमनसम्मै फैलिनबाट रोक्न यस्तो नीति लिएको गृह स्रोतले जानकारी दिएको छ ।   

देशको मुहारसमेत मानिने अध्यागमनमा हुने गरेको ‘सेटिङ’ भत्काउँदै जाने क्रममा वैदेशिक रोजगार र अध्यागमनका कर्मचारीबिच साँठगाँठको आशङ्कासँगै यस्तो नीति लिएको ती अधिकारीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । सर्वसाधारण नागरिकलाई अनावश्यक हैरानी दिई अतिरिक्त रकम असुल्ने तथा सङ्गठित रूपमा नै कतिपय म्यानपावर व्यवसायीहरूसँग मिलेर सघाउने कर्मचारीमाथि गृहले कडा निगरानी राख्दै आएको र कुनै पनि खालको संलग्नताको आशङ्का मात्रै भएमा थप सूक्ष्म निगरानी बढाइएको स्रोतको भनाई छ ।

अध्यागमन नाकाबाट मानव तस्करी हुने गरेको र भिजिट भिसाको सेटिङमा कर्मचारी नै संलग्न भएको घटना बाहिरिएसँगै अन्तराष्ट्रियस्तरमा नै देशको बेइज्जती खेप्नु परेको छ । यसअघि प्रहरी र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीकोसमेत संलग्नता भेटिएकोमा पछिल्लो अध्यागमन अधिकृतहरूको मिलेमतो रहेको प्रहरी अनुसन्धानबाट पाइएसँगै गृह मन्त्रालयले कर्मचारी व्यवस्थापनमा विशेष रणनीति अघि सारेको थियो । 

‘मानव तस्कर’ तथा बिचौलियाहरूको सेटिङमा कर्मचारीहरू मतियार बनिदिँदा सिङ्गो कर्मचारी बर्गते नै बेइज्जती खेप्नु परिरहेको परिप्रेक्ष्यमा सेटिङलाई नै बल पुग्ने गरी कर्मचारी खटाउने कार्यमा जुन कुनै निकाय सहयोगी हुन हुँदैन । 

प्रतिक्रिया दिनुहोस