काठमाडौँ । सरकारले बेपत्ता पारिएको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद २०८२ साल असार मसान्तसम्म थप गर्न पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रशासित गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।