काठमाडौँ । नेपाल राष्ट्रिय कर्मचारी संगठनले सर्वोच्च अदालतको भवनमा लोक सेवा आयोगले लिने परीक्षाको तयारीका लागि सञ्चालन गरेको ट्युसन सेन्टरमा तालाबन्दी गरेको छ ।
परीक्षाको तयारीका लागि प्रतिव्यक्ति १३ हजार ५ सय शुल्क लिई अदालतको एनेक्स भवनमा ट्युसन सेन्टर चलाएपछि नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले तालाबन्दी गरेको हो ।
‘मङ्गलवार गैर कानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन गर्न दिइएको र सो हल नदिन अनुरोध गरेकामा आज पनि कक्षा सञ्चालन भएको देखिएकोले सो सम्बन्धमा अदालत प्रशासनबाट कुनै सुनुवाइ नभएको हुँदा सार्वजनिक सम्पत्तिलाई दुरुपयोग हुन नदिन आजैदेखि हामी नेपाल राष्ट्रिय कर्मचारी संगठन, विभागीय समिति सर्वोच्च अदालतले उक्त हलमा तालाबन्दी गर्ने निर्णय गरिएको कुरा जानकारी गराउँदछौँ’ अध्यक्ष हरि भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
