९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनका लागि बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको टोलीले न्यायपालिका शुद्धीकरणका कतिपय एजेण्डा सम्बोधनका लागि संविधान संशोधन हुनुपर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले दुई महिनाअघि आफूहरूले जारी गरेको काठमाडौँ घोषणापत्र बुझाउँदै संविधान संशोधनका विषयमा आफूहरूको समेत एजेण्डा रहेको भनी ध्यानाकर्षण गराएको हो ।

कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलनले गत जेठको पहिलो साता ३८ बुँदे माग सहित काठमाडौँ घोषणापत्र जारी गरेको थियो । सम्मेलनले न्यायपालिकाको स्वतन्त्रता, संघीयता कार्यान्वयन र चुस्त सेवा प्रवाहका लागि न्यायपालिकाको पुनर्संरचना हुनुपर्ने अवधारणा अघि सारेको थियो ।

सम्मेलनले प्रधानन्यायाधीशलाई संवैधानिक परिषदबाट अलग गर्नेदेखि सर्वोच्च अदालतको क्षेत्राधिकार कटौती, उच्च अदालतको क्षेत्र विस्तार र स्थानीय अदालत गठनसम्मको माग गरेको थियो ।

गत महिना काँग्रेस र एमालेले सत्ता साझेदारीका साथसाथै संविधान कार्यान्वयनका क्रममा देखिएका अडचनको पहिचान गर्ने र संविधान संशोधनको पहल गर्ने समझदारीका साथ राजनीतिक सहमति गरेका थिए । त्यसबाट उत्साहित बारको टोलीले शुक्रबार ज्ञापन पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस