काठमाडौँ । प्रतिनिधि सभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रिय सभामा टेबल भएको छ ।
बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् । राष्ट्रिय सभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।
राष्ट्रिय सभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।