२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलित नार्कका वैज्ञानिक कर्मचारीहरूद्वारा निमित्त कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

अ+ अ-

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत वैज्ञानिक कर्मचारीहरू आन्दोलनमा उत्रेका छन् । 

उनीहरूले परिषद् अन्तर्गतका सबै कार्यालयहरूमा अतिआवश्यक बाहेकका कामकाज बन्द गर्ने घोषणा गरेका छन् । पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिँचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गर्ने उनीहरूको भनाइ छ ।

केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पाङ्ग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम तय गरेका छन् । आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक डा. दोज़ राज खनालको कार्यकक्षमा तालाबन्दी गरिएको नार्कका आन्दोलनरत वैज्ञानिक दीपक अधिकारीले जानकारी दिए । नार्कमा कार्यरत वैज्ञानिक कर्मचारीहरूलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् ।

वैज्ञानिक तथा प्राविधिक प्रशासनिक समूहका समकक्षी कर्मचारीबिच तलबमान लगायतका सेवा सुविधा विगतमा समान रहे पनि २०५७ साल श्रावण १ गते देखि अन्यायपूर्ण तरिकाले तलबमानमा त्रुटि भएको परिषद्का कर्मचारीले बताउँदै आएका छन् । तलबमानमा गरिएको त्रुटिलाई सच्चाउन परिषद् समक्ष मौखिक र लिखित रूपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको भन्दै गत चैत १५ गते उच्च अदालत पाटन रिट दायर भएको थियो । 

सोही रिटउपर अदालतले जेठ २ गते समान समकक्षी तहका प्राविधिक प्रशासनिक कर्मचारीहरू भन्दा निज रिट निवेदकहरूलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले साउन १ गतेबाट लागू हुने गरी समकक्षी तथा प्राविधिक प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश दिएको थियो । तर, यो कार्यान्वयन भएको छैन । 

अदालतको आदेश कार्यान्वयनमा असहयोग गर्नेहरूको आन्दोलित वैज्ञानिक कर्मचारीहरूले राजीनामा मागेका छन् । लेखा प्रशासनमुखी र व्यक्ति केन्द्रित चलखेल बन्द गर्न तथा ऐन, विनिमय, सांगठनिक संरचना तथा हाल अलपत्र रहेका पदपूर्तिमा यथाशीघ्र निकास दिन उनीहरूको माग छ ।