२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ : मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्छ भने । 

 “ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।  मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए। उनले भने,“जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”

उनले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्नेगरी कर्मचारीले काम गर्नुपर्ने बताए । उनले आयोजनाको टेण्डर प्रक्रियालाई चाँडो टुङ्याएर अगाडि बढे तोकेभन्दा चाँडो काम सम्पन्न हुने उल्लेख गरे । 

 ऊर्जासचिव गोपालप्रसाद सिग्देलले विद्युत् उत्पादन हुनसक्ने सिँचाइका आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नतर्फ लाग्नुपर्ने बताए। उनले स्थानीय सरकार र प्रदेश सरकारबाट नदी दोहन हुने तर संरक्षण नहुँदा ठूलो विपद्का घटना घटेको बताए । 

जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले बजेटको सुनिश्चितता भएमा समयमा नै आयोजना सम्पन्न हुने बताए । उनले किसानको खेतमा पानी नपुगे लक्ष्य हासिल नहुने भएकाले लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बताए । उनले राष्ट्रिय गौरवका आयोजनालाई आफ्नो प्रगति विवरण १५/१५ दिनमा बुझाउन निर्देशन दिए । 

 जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले उत्पादकत्व बढाउनका लागि राष्ट्रिय गौरवका आयोजनालाई तीव्र गतिमा सम्पन्न गर्नुपर्ने बताए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधानमा विभागले काम गर्ने उल्लेख गरे ।