६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले लगानीको वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् ।

एनआरएन एनसीसी अमेरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउँदै स्वदेशी तथा विदेशी दातृ निकायहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

‘सरकारले लगानीको वातावरण बनाउँछ । यहाँहरूले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ’, उनले भने, ‘लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण छ । लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरूलाई आकर्षित गर्दछ । यहाँको समग्र प्रचारप्रसारको लागि कार्यक्रम बनाउँछौँ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिनभित्र प्राप्त हुने उनले जानकारी दिए ।

‘संघीय सरकारसँग लुम्बिनीको विमानस्थलबाट उडान सुरु गर्ने बारेमा सकारात्मक पहल भएको छ । विदेशबाट आउने पर्यटकलाई लुम्बिनीमा मात्रै सीमित नगरी प्रदेशका सबै जिल्लामा पुर्‍याउन सकिन्छ’ उनले भने, ‘पर्यटनलाई हरेक क्षेत्रसँग जोड्न सकिन्छ । यसमा सरकारले ध्यान दिन्छ ।’

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्व सामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस