२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी शत्रु हुन् : मुख्यमन्त्री कार्की

अ+ अ-

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको प्रगतिमा भ्रष्टाचार र भ्रष्टाचारी दुवै शत्रु भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँद्वारा ‘भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना’का सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचारलाई शून्य प्रतिशत सहनशीलताको स्थानमा पुर्‍याउनुपर्ने भन्दै यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकायलगायत सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशमा भ्रष्टाचारविरुद्धको रणनीति बनाउन आवश्यक छलफल गरी नीतिगत योजना बनाइने जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले भ्रष्टाचारविरुद्धको कामकारबाहीलाई नियन्त्रण गर्न विधि, नीत बनाएर प्रतिबद्धतासहित कार्य गरेमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विचार राखे । उनले भने, “अन्तर्राष्ट्रियस्तरमा मुलुकको सकारात्मक पहिचान बनाउन भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकाले यसमा हामी सबैले आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतम,  कार्यालयका सहसचिव राजेन्द्र थापा, उपसचिव ओमप्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरी निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचारविरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गर्नुपर्ने भनाइ राखेका थिए। 

कार्यक्रममा प्रदेशसभाका सांसद, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी, प्रदेशसभा सचिवालयका कर्मचारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।