२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशहरूमा पनि स्थानीय तहकै मोडलमा निर्वाचन गरौँ : ईश्वर पोख्रेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले प्रदेशको संख्या कम गर्ने विषयमा छलफल हुन आवश्यक रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको राज्य संरचना खर्चिलो र प्रभावहीन भएको हो भन्ने निष्कर्षमा पुगेको हो भने प्रदेशको संख्या कम गर्नुपर्ने विषयमा पछि छलफल आवश्यक रहेको बताएका हुन्।

‘प्रदेशहरू प्रशासनिक दक्षता र प्रभावकारितामा केन्द्रित हुन आवश्यक छ । अहिलेको राज्य संरचना खर्चिलो र प्रभावहीन भएको हो भन्ने निष्कर्षमा हामी पुग्छौँ भने यी संरचनालाई थप प्रभावकारी बनाउने बाटोमा छलफल हुन आवश्यक छ’ उनले भने ‘प्रदेशहरू बढी भएका हुन् भने यसको संख्या केही कटौती पो गर्नु पर्ने हो कि ?’

पोखरलेले तीन प्रदेश र राजधानी स्वायत्त प्रदेशको रूपमा प्रभावकारी हुन्थ्यो कि भन्ने जस्ता विषयहरू जनस्तरमा उठेको बताए। उनले पालिकाहरूको सङ्ख्याको विषयमा पनि बहस गर्नु पर्ने बेला आएको बताए ।

प्रदेशहरूमा पनि स्थानीय तहकै मोडलमा निर्वाचन जाँदा स्थायित्व पाउने सम्भावना रहेको भन्दै उनले त्यो विषयमा पनि बहस हुन आवश्यक रहेको टिप्पणी गरे । उपराष्ट्रपति नै राष्ट्रिय सभाका अध्यक्ष रहने व्यवस्था हुनुपर्छ भन्ने विषयमा धारणाहरू आइरहेको भन्दै उनले त्यसमा पनि छलफल गर्नु पर्ने बताए ।

पोख्रेलले संघीय व्यवस्थापिका र प्रदेश सभा दुबैमा कसैको पनि बहुमत नआउँदा मुलुकमा अस्थिरता निम्तिएको बताए । राजनीतिक स्थिरताको लागि पनि छलफल गर्नु पर्ने उनको भनाइ थियो ।

राष्ट्रिय र क्षेत्रीय पार्टीको विषयमा स्पष्ट व्यवस्था हुने विषयमा पनि बहस र अध्ययन आवश्यक रहेको, न्यायपालिका पुनर्संरचना, न्यायाधीशको संसदीय सुनुवाइ मा पनि प्रश्नहरू उठिरहेको, न्याय परिषद्को गठनमा पनि गम्भीर प्रश्न उठिरहेको, संवैधानिक अंगहरूको काम कर्तव्य र अधिकार र तीनको प्रभावकारिताको विषममा पनि छलफल आवश्यक रहेको पोख्रेलले बताए ।