काठमाडौँ । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् ।
बझाङको दुर्गाथली गाउँपालिका-झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङ प्रहरीका अनुसार ट्याक्टर सेतीमा ट्याक्टर खस्दा घाइते भएका तीन जनालाई स्थानीय अस्पतालमा उपचारपछि जिल्ला अस्पताल पठाइएको भने बेपत्ता दुई जनाको खोजीकार्य जारी छ ।







