काठमाडौँ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लीला गिरीले मुलुकलाई अस्थिरतामा धकेलेर आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यकासाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू लागिरहेको आरोप लगाएका छन् ।
ठूला राजनीतिक दलहरूले केही गर्न सकेनन् भनेर हल्ला फिँजाउने, र उनीहरूले लोकतन्त्र स्थापनका लागि खेलेका भूमिकाहरूलाई गलत ढंगले व्याख्या गरेर समाजमा अराजकता फैलाउने काम भएको बताउँदै चिन्ता व्यक्त गरे ।
मुलुकको राजनीतिक परिवर्तनलाई बचाउन ठूला दलहरूले अब सोच्नुपर्ने बेला आएको बताउँदै उनले सामाजिक अराजकता फैलाउने गतिविधिलाई रोक्नुपर्नेमा जोड दिए । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो अधिवेशनका अवसरमा बोल्दै गिरीले दलहरूले आफ्ना कमजोरी सुधार गर्नुका साथै स्थापित गरेका राजनीतिक मूल्य र मान्यताहरूलाई जनतामाझ बुझाउन आवश्यक रहेको उल्लेख गरे ।