९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न विभागको आह्वान

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आह्वान गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन भनेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै स्वदेशमा शाखा कार्यालय सञ्चालन सम्बन्धी कार्यविधि, २०७९ ले शाखा कार्यालयको प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने भनेको छ । सोही अनुसार २०८१ को असोज मसान्तभित्र नवीकरण गर्न विभागले आह्वान गरेको हो ।

शाखा कार्यालय नवीकरणका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने विभागले जनाएको छ ।

नवीकरणका लागि इजाजतपत्र प्राप्त संस्थाको दर्ता प्रमाणपत्र (नवीकरण), अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, शाखा कार्यालय सञ्चालन अनुमति पत्रको प्रतिलिपि, शाखा कार्यालय नवीकरण गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णय पेस गर्नुपर्नेछ ।

त्यस्तै नवीकरण सम्बन्धी निवेदन, शाखा दर्ता गर्दा पेस गरेको नगद धरौटी प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रतिलिपि, शाखा प्रमुखको र अन्य कर्मचारीको विवरण र नियुक्ति पत्र, शाखा कार्यालय रहने घरको घर बहाल सम्झौताको विवरण पेस गर्नुपर्ने विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस