२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा झोलुङ्गे पुल उद्घाटन गर्न  ‘भिभिआइपी’ र ‘भिआइपी’ को लर्को

अ+ अ-

काठमाडौँ ।  सुस्तावासीले एक दशक आश गरेर बल्ल उपयोग गर्न पाएको पुल उद्घाटनमा ‘भिभिआइपी’ र ‘भिआइपी’ को भने लर्को  लागेको छ । 

भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन भएको छ । निर्माण सुरु भएको नौ वर्षपछि सुस्ता पुल बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे । पुल उद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे।

ठेकेदार कम्पनीको लापरबाहीले बारम्बार अलपत्र छाडिँदै आएको झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) निर्माण भएको झन्डै एक दशकपछि सुस्तावासीले प्रयोग गर्न पाएका हुन् । असोज २०७२ मा निर्माण सुरु भएको यो पुल पुस २०७५ मा निर्माण सकिनुपर्ने थियो । ठेकेदार कम्पनीले बारम्बार अलपत्र छाड्दा समयमै काम पूरा भएको थिएन । त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सनले २३ करोडभन्दा बढी लागतमा ठेक्का लिएर पुल निर्माण गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का,  लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मन्त्रीहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, प्रतिनिधि र प्रदेश सभा सांसदहरू, मन्त्रालयका सचिवहरू लगायतको ठुलो टोली सुस्ता पुगेको थियो ।

कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नारायणी नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सुस्तावासीले जोखिमपूर्ण  यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए । सुस्ता गाउँपालिका–५ सुस्ता गाउँ जोड्ने पुल उद्घाटनमा बोल्दै सिंहले सुस्तावासी अब सुविधामा जोडिएको बताए ।

सुस्ता गाउँपालिका-५ नारायणी नदीपारिको सुस्ता बस्तीमा तीन सय ५० परिवारको बसोबास छ । उनीहरूमध्ये २५ प्रतिशतभन्दा बढीसँग नागरिकता र लालपुर्जा नभएको सुस्ता-५ का सदस्य आदम खाँले बताए। वर्षौँदेखि बसोबास गर्दै आए पनि उनीहरूसँग नागरिकता र लालपुर्जा नहुँदा विद्युत् उपभोगबाट वञ्चित रहँदै आएका वडा सदस्य खाँले बताए।