२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नख्खु खोलाको उर्लँदो भेलमा चणिकलालको साहस : दुई जनाको जीवन रक्षा गरेर असल मानवताको उदाहरण प्रस्तुत

अ+ अ-

काठमाडौँ । ललितपुरको सुगम बस्ती टोलमा शुक्रवारदेखि परेको अविरल वर्षाले नख्खु खोला उर्लिएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू त्रसित थिए। यस्तो संकटको समयमा ३३ वर्षीय चणिकलाल तामाङले अदम्य साहस प्रस्तुत गर्दै नख्खु खोलाको उर्लंदो भेलमा हाम फालेर दुई जनाको जीवन बचाएका छन्।

रौतहट घर भई ललितपुरको सुगम बस्तीमा बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी ६ वर्षीया छोरी मेघना साह, २२ वर्षीय राज साह र ४ वर्षीया शेर्तु साह ज्यान जोगाउनका लागि जस्ताको टहरोमाथि चढेका थिए। केही बेरमै बाढीको चपेटामा परेर टहरो भत्किएपछि चारै जना बग्न थाले। उनीहरूको उद्धारका लागि कुनै पनि सरकारी सहायता उपलब्ध नभएको समयमा चणिकलालले आफ्नो जीवन जोखिममा राख्दै दुई जनालाई सकुशल बचाए।

काभ्रेको तेमाल गाउँपालिका-९ का स्थायी बासिन्दा चणिकलाल तामाङ पेशाले पेन्टर हुन्। दसैँको मुखमा पेन्टिङको काम रोकिएपछि शनिबार बिहान बाढी हेर्न नख्खु खोला किनारमा पुगेका उनले बाढीले टहरो भत्काएर बगाउँदै गरेको देखे। र, बाढीको भेल परवाह नगरी बग्दै गरेका चार जनामध्ये राजु साह र उनकी छोरी मेघनालाई ४ सय मिटर तलबाट सुरक्षित रूपमा उद्धार गरे।

उता गृहमन्त्री रमेश लेखकले कोसिस गर्दा पनि हेलिकप्टरबाट उद्धार गर्न नसकेको बताई रहँदा चणिकलालको यस साहसिक कार्यले उनलाई असल मानवताको प्रतीक बनाएको छ। सामाजिक सञ्जालहरूमा उनको साहसको जताततै प्रशंसा भइरहेको छ र उनी भाइरल बनेका छन्।

यस घटनाले विपद्को समयमा राज्यको मात्र होइन, आम नागरिकको पनि दायित्व महत्त्वपूर्ण हुने कुरा पुष्टि गरेको छ। राज्यको आपतकालीन सेवामा समयमै प्रभावकारी उद्धारको अभावका कारण चौतर्फी आलोचना भइरहेको बेला, चणिकलालको यो कार्यले सकारात्मक सन्देश दिएको छ। यस्ता घटनाबाट राज्यले पाठ सिक्दै, नागरिक स्तरबाट सहयोगी भावना जागृत गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ।

चणिकलालको यो साहसिक कार्यले विपद्का समयमा हरेक नागरिकले सक्रिय भूमिका खेल्न सक्छ भन्ने पाठ पनि सिकाएको छ । जतिसुकै बेला जस्तो सुकै घटना घट्न सक्नेतर्फ राज्यका सबै संयन्त्रहरू चुस्त, दुरुस्त र प्रभावकारी रहनु जरुरी छ भन्ने पाठ त सिकाएको छ नै, नागरिकको सहभागिता र साहसले नै यस्ता कठिन परिस्थितिमा ठूलो भूमिका खेल्न सक्छ भन्ने गहिरो सन्देश समेत छोडेको छ ।