२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न ‘प्रचण्ड’को आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनः स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको बताएका हुन् ।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनः स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताए ।

अध्यक्ष दाहालले बाढी पहिरोका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युत्लगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनः सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व प्रधानमन्त्री दाहालले दसैँ, तिहारजस्ता ठुला पर्व नजिकिएकाले युद्ध स्तरमा पुनः निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नागरिकको खोजी, विस्थापितको पुनः स्थापना र क्षतिग्रस्त संरचनाको पुनः निर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिएका छन् ।

बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

गत बिहीबारदेखिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौँ नागरिक घरबार विहीन भएका छन् ।