काठमाडौँ । पहिरोमा परेर बेपत्ता नेपाली सेनाका बहालवाला कर्णेल मिलन केसीको मृत्यु भएको छ ।
शनिबार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको सुकुटे स्थित सिन्धु बिज रिसोर्ट पहिरोले बगाउँदा उनी बेपत्ता भएका थिए । उनको शव आइतबार भेटिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
शनिवार सो रिसोर्ट बगाउँदा ४ जना बेपत्ता भएका थिए । नेपाली सेनाको भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत केसी दोलखाको भीमेश्वर नगरपालिकाका बासिन्दा हुन्।







