२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न संघर्षरत छ : डब्ल्यूएचओ प्रमुख

अ+ अ-

काठमाडौँ । इजरायलले हवाई हमला बढाई देशमा स्थलगत आक्रमणहरू सुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चेतावनी दिएका छन् ।

हाल लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको र अस्पताल बिरामी तथा घाइते मानिसहरूले भरिएको उल्लेख गर्दै उनले यस्तो चेतावनी दिएका छन् । उनका अनुसार लगातारका सङ्कटहरूले स्वास्थ्य प्रणाली कमजोर भएको छ भने आवश्यकताको सामना गर्न लेबनानले गरेको सङ्घर्षको डब्ल्यूएचओले मूल्याङ्कन गरिरहेको छ ।

इजरायलले गत महिना गाजामा भएको युद्धबाट आफ्नो ध्यान लेबनानतर्फ केन्द्रित गरेको थियो । इरान समर्थित हमासद्वारा अक्टोबर ७ मा भएको हमलापछि इजरायलले आफ्नो उत्तरी सिमाना सुरक्षित गर्न थालेको थियो ।

बेरुत र यसको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणसहितको लडाइँमा गत हप्तादेखि एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । टेड्रोसले जेनेभामा अरब लिगका राजदूतहरूसँग भेटेर परिस्थितिबारे छलफल गरेका थिए ।

शरणार्थीसहित बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई सुरक्षित गरी उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उनले बताए । डब्ल्यूएचओले लेबनानी स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी अस्पतालहरूमा पर्याप्त चिकित्सा आपूर्ति सुनिश्चित गर्न र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिएको छ भने सबैभन्दा कमजोरका लागि आवश्यक स्वास्थ्य सेवाहरू कायम राख्न सक्नुपर्ने उल्लेख गरेका छन् ।