काठमाडौँ । प्रेस काउन्सिल नेपालले कीर्ते गरी प्रेस पास बनाउनेमाथि अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ । दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो ।
काउन्सिलले शुक्रबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो । काउन्सिलका अनुसार गलत व्यक्तिहरूले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।
काउन्सिलले जारी गरेको विज्ञप्ति :
