७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

अ+ अ-

गण्डकी । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका महानगरका उपप्रमुख एवं उपभोक्ता संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङले बताइन् ।  

उनका अनुसार शुक्रबार पोखरा–२ को भवानी पूजा सामग्री, महालक्ष्मी पूजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, पोखरा–३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा–८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका प्लाष्टिकको माला तथा फूलका गुच्छालगायत गरी रु ११ हजार एक सय ७९ बराबरको सामग्री जफत गरी नष्ट गरिएको संयोजक गुरुङले जानकारी दिइन् । ती पसलमा प्याकेजिङ अनुमति पत्र नलिई सामान प्याकेजिङ गरेको, व्यवसाय नवीकरण नगरेको, नापतौल दर्ता नभएको पाइएको उनको भनाइ छ । 

अनुगमन गरिएका आठ वटै पसलका सञ्चालकलाई यही असोज २१ गते महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए । चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको गरेको छ । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रूपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने अधिकृत सापकोटाले बताए । 

तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस