काठमाडौँ। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बलले आज र भोलि (असोज २५ र २६ गते) काठमाडौँको रिङरोडमा निःशुल्क बस सञ्चालन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
आज बिहान ६ बजे बाट सुरु भएको निः शुल्क बसको पहिलो रुट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।
यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको जनाइएको छ ।
यस्तै सशस्त्र प्रहरीले सर्वसाधारणका लागि भनेर देश भरी स्थानीय निकायसँगको समन्वय १९७ वटा लिङ्गेपिङ बनाइदिएको छ । विगत करिब १४ वर्ष देखिपिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको हो ।
दशैंमा यसअघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले निः शुल्क बस सेवा सञ्चालन गरेको थियो ।







