२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माल्दिभ्सलाई १३ गोल गर्दै भुटान सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ। माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोम एक्लैले ५ गोल गरिन् । कप्तान पेमा छोडेन छिरिङ र छिरिङ यान्डेले दुई-दुई तथा सोनाम छोडेन, नाम्ग्याल देमा, देकी याङडोन र छिरिङ लाडेनले एक-एक गोल गरे ।

जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । भुटान लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । यसअघि २०२२ मा नेपालमै भएको साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।

भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ। पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको थियो। त्यसपछि भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको थियो ।

तीन खेलमा भुटानले १७ गोल गर्दा जम्मा १ गोल मात्र खाएको छ । नेपालले दुई खेलमा अहिलेसम्म ११ गोल गरेको छ । नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित माल्दिभ्स गोलविहिन हुँदै समूह चरणबाट बाहिरिएको छ । तीन खेलमा माल्दिभ्सले २५ गोल खाँदा एक गोल गर्न सकेन ।