२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“प्रविधि मैत्री शिक्षा : आजको आवश्यकता”

अ+ अ-

प्रविधिमैत्री शिक्षा: प्रविधिमैत्री शिक्षा भनेको शिक्षण र सिकाइको प्रक्रियामा आधुनिक प्रविधिहरूको प्रभावकारी उपयोग गर्ने शैक्षिक पद्धति हो । प्रविधिमैत्री शिक्षालाई आधुनिक प्रविधिका तरिकाहरूलाई शिक्षा प्रणालीमा प्रयोग गरेर अझ प्रभावकारी र आकर्षक तरिकाले सबैका निमित्त पहुँचयोग्य बनाउने विधिका रूपमा पनि लिइन्छ । यसमा कम्प्युटर, इन्टरनेट, स्मार्टफोन, शैक्षिक सफ्टवेयर, ई–पाठ्यपुस्तक, प्रदर्शन पाटी (डिस्प्ले बोर्ड) र अन्य डिजिटल प्लेटफर्महरूको प्रयोग गरेर शिक्षण गरिन्छ । ज्ञान र सीप हस्तान्तरण गर्ने यो तरिका स्कुल र कलेजका अतिरिक्त विभिन्न तालिम तथा प्रस्तुतीकरणमा समेत उपयोग गरिन्छ ।

प्रविधि मैत्री शिक्षाले परम्परागत शिक्षण विधिलाई आधुनिक शैलीमा रूपान्तरण गर्दै सिकाइलाई अझ बढी प्रभावकारी, रोचक, र सुलभ बनाउँछ । यस प्रकारको शिक्षाले एकातिर शिक्षार्थीलाई सिर्जनात्मक रूपमा सिक्न मदत पु¥याउँछ भने र अर्कातिर शिक्षक वा प्रस्तोतालाई ज्ञान हस्तान्तरण सहज बनाउँछ । यस प्रकारका पद्धतिबाट व्यक्तिको ज्ञानको तहअनुसारको सिकाइको अवसर, अनलाइन परीक्षा तथा सोही समयमा सुझाव (रियल टाइम फिडब्याक) प्रदान गर्न मद्दत हुन्छ ।

प्रविधिमैत्री शिक्षाको आवश्यकता: आजको आवश्यकता प्रविधि मैत्री शिक्षा हो, किनकि यसले सिकाइलाई द्रुत, प्रभाकारी र आकर्षक बनाउँदछ । प्रविधिले शिक्षामा पहुँच विस्तार गर्दछ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीका लागी पनि गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्छ । यसले व्यक्तिगत आवश्यकता अनुसारको सिकाइ, जीवनोपयोगी शिक्षा र ज्ञानको पहुँचलाई सहज बनाउँछ ।

विश्वमा प्रविधिमैत्री शिक्षाको प्रयोग तीव्र गतिमा बढिरहेको छ । आधुनिक प्रविधिको विकाससँगै शिक्षण र सिकाइ प्रक्रियामा कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र अनलाइन प्लेटफर्महरूको प्रयोग व्यापक रूपमा फैलिएको छ । विशेष गरी विकसित देशहरूमा प्रविधि मैत्री शिक्षा विद्यालयदेखि विश्वविद्यालय तहसम्म लोकप्रिय बन्दै गएको छ । तिनमा ई–लर्निङ, भर्चुअल क्लासरूम र अनलाइन पाठ्यसामग्री उपलब्ध छन् । विकासशील र अल्पविकसित देशहरूमा पनि प्रविधिको प्रयोगलाई प्राथमिकता दिइँदै छ, तर अझै पनि पहुँच, पूर्वाधार र सीपको अभावले चुनौती खडा गरिरहेको छ । विश्वव्यापी रूपमा प्रविधिमैत्री शिक्षाले शिक्षणलाई थप प्रभावकारी र अन्तरक्रियात्मक बनाउँदै नयाँ सम्भावनाहरू सिर्जना गरेको छ ।

नेपालमा प्रविधिमैत्री शिक्षाको विकास
नेपालमा प्रविधि मैत्री शिक्षाको विकास २००० को दशकमा सुरु भएको मानिन्छ । विशेष गरी २००१ मा नेपालको शैक्षिक क्षेत्रलाई प्रविधि–सम्पन्न बनाउने उद्देश्यले “सार्वजनिक सूचना प्रविधि नीति” लागु गरियो । यसपछि प्रारम्भिक चरण (२०००–२०१०) का अवधिमा सरकारले विद्यालय शिक्षा र शिक्षण प्रक्रियामा सूचना र सञ्चार प्रविधिको समावेश गर्नका लागि विभिन्न पहलहरू ग¥यो । सरकारी विद्यालयहरूमा कम्प्युटर र इन्टरनेटको प्रयोग बढ्यो । यसै क्रममा, नवीनतम प्रविधिको समावेश अर्को चरण (२०१०–२०२०) मा गरियो । यस अवधिमा अनलाइन शिक्षण, डिजिटल पाठ्यक्रम र इ–लर्निङ प्लेटफर्महरूको विकासमा ध्यान दिइएको थियो । विशेष गरी २०१५ पछि, मोबाइल र इन्टरनेटको पहुँचमा वृद्धि भएकोले विद्यार्थीहरूलाई शिक्षामा प्रविधिको प्रयोग गर्न सहयोग पुग्यो । पछिल्लो समयको चरणमा जब कोभिड–१९ को प्रभाव (२०२० देखि हालसम्म) को विश्वव्यापी महामारीको अवस्था आयो, नेपाल मात्र नभएर विश्वभरि नै अनलाइन शिक्षामा अत्यधिक जोड दिइयो । यसले विद्यालय र विश्वविद्यालयहरूमा भर्चुअल कक्षाहरू सञ्चालन गर्न र शिक्षण सामग्रीहरूलाई डिजिटलीकरण (रूपान्तरण) गर्न प्रविधिको प्रयोगलाई तीव्रता दियो ।

हालको समयमा अन्य देशका तुलनामा नेपालमा प्रविधिमैत्री शिक्षा अझै पनि विकासको प्रक्रियामा छ, र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न थप पूर्वाधार, तालिम, र नीति आवश्यक छ ।

प्रविधि मैत्री शिक्षाका विशेषताहरू:
१. समय र स्थानको लचिलोपन: प्रविधि मैत्री शिक्षाको सबैभन्दा ठूलो फाइदा भनेको विद्यार्थीहरूलाई आफ्नो समय र स्थान अनुसार पढ्न सक्ने स्वतन्त्रता दिनु हो । यसले घरबाटै सिक्न सकिने अवसर प्रदान गर्दछ ।

२. सहभागितात्मक सिकाइ: अनलाइन फोरमहरू, समूह च्याट, र भर्चुअल कक्षाहरूले विद्यार्थी र शिक्षक बीचको अन्तरक्रियालाई प्रोत्साहित गर्छन् । यसले सहकर्मीहरूबिच विचार आदानप्रदान गर्न र सहकार्य सिकाइलाई बलियो बनाउँछ ।

३. सिकाइ सामग्रीको पहुँच: ई–पाठ्यपुस्तक, अनलाइन पाठ्यक्रमहरू, शैक्षिक भिडियोहरू, पोडकास्ट, र अनलाइन पुस्तकालयहरू जस्ता स्रोतहरूले विद्यार्थीलाई विविधता पूर्ण अध्ययन सामग्री उपलब्ध गराउँछन्।

४. अनुकूलतामा आधारित सिकाइ: प्रविधि मैत्री शिक्षाले व्यक्तिगत विद्यार्थीको आवश्यकता अनुसार अनुकूलतामा आधारित पाठ्यक्रम र सामग्री उपलब्ध गराउन सक्छ । यसले प्रत्येक विद्यार्थीको क्षमता र गति अनुसार अध्ययन गर्न सहयोग पु¥याउँछ।

५. रचनात्मकता र नवप्रवर्तनको प्रोत्साहन: प्रविधिको प्रयोगले विद्यार्थीहरूलाई रचनात्मक र नव प्रवर्तनात्मक सोच विकास गराउँछ । डिजिटल उपकरणहरूको माध्यमबाट विद्यार्थीहरूले आफ्ना विचारहरू रचनात्मक ढंगले प्रस्तुत गर्न सक्छन् ।

६. समय र स्रोतको बचत: अनलाइन परीक्षा, डिजिटल नोटहरू, शैक्षिक सफ्टवेयरले शिक्षण प्रक्रियालाई द्रुत बनाउँछ । भौतिक स्रोतको आवश्यकतामा घटाउँछ ।

७. बृहत् डाटा र विश्लेषणको प्रयोग: प्रविधिमार्फत विद्यार्थीहरूको प्रस्तुतिको डाटा सङ्कलन गरी विश्लेषण गर्न सकिन्छ। यसले शिक्षकहरूलाई विद्यार्थीहरूको कमजोर पक्षहरू पहिचान गरी सुधार गर्न सहयोग पु¥याउँछ ।

८. सीप विकास: प्रविधि मैत्री शिक्षाले विद्यार्थीहरूलाई डिजिटल साक्षरता,कोडिङ,डेटा विश्लेषण र कृत्रिम बुद्धिमत्ता जस्ता सिप सिक्न अवसर दिने हुँदा भविष्यमा रोजगारकोका लागी महत्त्वपूर्ण हुन्छ ।

नेपालमा प्रविधि मैत्री शिक्षाको चुनौतीहरू
प्रविधि मैत्री शिक्षा नेपालमा शिक्षाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, तर यसलाई सफल बनाउन प्रविधिको तीव्र विकासले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ, तर यसका साथमा केही चुनौतीहरू पनि आएका छन् । पहिलो चुनौती भनेको डिजिटल विभाजन हो । शहरी र ग्रामीण क्षेत्रका विद्यार्थीहरूबिच प्रविधिको पहुँचमा ठूलो असमानता छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरूले प्रविधिमा पहुँच पाउन गाह्रो हुन्छ, जसले उनीहरूको शिक्षा गुणस्तरमा प्रतिकूल प्रभाव पार्छ । दोस्रो, शिक्षकहरूको तयारी र प्रशिक्षणमा कमी पनि अर्को प्रमुख चुनौती हो ।

धेरै शिक्षकहरूले प्रविधिको सही उपयोग निम्ति तालिम प्राप्त गरेका छैनन् । दक्षता नभएपछि प्रविधि प्रयोगको प्रभावकारिता घट्छ । तेस्रो, प्रविधिमा निरन्तर परिवर्तन भइरहन्छ, शिक्षण सामग्री र विधिलाई नियमित अद्यावधिक गर्नुपर्छ । पुराना पाठ्यक्रम र सामग्रीमा विद्यार्थीको रुचि घटने, नयाँ प्रविधि शिक्षकले नजान्ने हुँदा झन् खाडल बढ्छ । चौथो, सामाजिक र सांस्कृतिक धारणाहरू पनि एक प्रमुख चुनौती हुन सक्छन् । शिक्षामा प्रविधि स समावेश गर्न अभिभावक र समुदायका अगुवा सदस्यहरूको मानसिकता परिवर्तन गर्नुपर्छ नत्र परम्परागत सोचले प्रविधिमैत्री शिक्षामा अवरोध पु¥याउँछ । यसको सम्बन्ध अन्ततः, अभिभावक र राज्यले बेहोर्नुपर्ने आर्थिक साधनसित पनि रहन्छ, र यो अर्को चुनौतीको रूपमा रहेको छ ।

प्रविधि मैत्री शिक्षाका चुनौतीहरू समाधान:
प्रविधि मैत्री शिक्षाका चुनौतीहरू समाधान गर्नका लागि विभिन्न उपायहरू अपनाउनु पर्छ । पहिलो, डिजिटल पहुँच सुनिश्चित गर्न सरकारले र निजी क्षेत्रले ग्रामीण र वञ्चित क्षेत्रका विद्यालयहरूमा इन्टरनेट र प्रविधि पहुँचलाई सुदृढ गर्नुपर्छ । साथै, शिक्षक तालिम र विकासका लागि नियमित कार्यक्रमहरूको आयोजना गर्नाले शिक्षकहरूलाई नयाँ प्रविधिहरूको प्रभावकारी प्रयोगमा सिपालु बनाउँछ । सामग्री र पाठ्यक्रमको अद्यावधिक गर्नका लागि विशेषज्ञहरूको टोली गठन गर्नु महत्त्वपूर्ण छ, जसले शिक्षालाई समसामयिक बनाउन मद्दत गर्नेछ ।

अभिभावक र समुदायलाई प्रविधि शिक्षाको फाइदाबारे सचेत गराउने कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । अनि मात्र उनीहरूको समर्थन र संलग्नता वृद्धि हुन्छ । आर्थिक सहयोग र लगानीमा सुधार गर्न सरकार र निजी क्षेत्रबाट लगानी गर्नुपर्ने हुन्छ । विद्यालय र समुदायबीच सहकार्य स्थापित भएमा स्थानीय स्रोतको उपयोग गरेर प्रविधि शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । यी उपायको कार्यान्वयनले प्रविधिमैत्री शिक्षाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ ।

निष्कर्ष:
अन्ततः नेपालमा पनि प्रविधिमैत्री शिक्षामा नगई सुखै छैन । सबै खाले विकासले शैक्षिक प्रणालीलाई प्रभाव पार्छन् । त्यससित एकाकार भएर नहिँडे देश पछि पर्छ । देशलाई नै एक प्रतिस्पर्धी र परिवर्तनशील राष्ट्रको रूपमा स्थापित गराउन प्रविधिमैत्री शिक्षा अनिवार्य छ । बल्ल शिक्षाले विकासमा योगदान दिन सक्छ । शिक्षा र विकासका बीचमा समन्वय र सन्तुलन कायम हुनेछ र समाजका सबै वर्गलाई गुणस्तरीय शिक्षा प्राप्तिको अवसर हुनेछ । प्रविधिमैत्री शिक्षा खालि शिक्षाको प्रवर्धनका लागि मात्र नभएर सम्पूर्ण समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा पनि महत्त्वपूर्ण छ । यो सुनिश्चित गर्न सबै सरोकारवालाले मिलेर काम गर्नुपर्ने हुन्छ, ताकि प्रविधिमैत्री शिक्षा नेपालमा एक वास्तविकता बनेर भविष्यको पिँढीलाई उज्यालो र समृद्ध जीवनका लागि तयार पार्न सफल होस् ।