काठमाडौँ। दीपावली तथा छठ पर्वको नाममा अमर्यादित गतिविधि गर्नेलाई कारबाही गर्ने धनुषा प्रशासनले चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै चाडपर्वको नाममा अमर्यादित क्रियाकलाप नगर्न चेतावनी दिएको हो । पटाका पड्काउन र अबेर रातिसम्म देउसी भैलो खेल्न प्रशासनले समेत रोक लगाएको छ ।
चाडपर्वको नाममा पटका पड्काउने, अबेर रातीसम्म देउसी, भैलो खेल्ने, मादक पदार्थ सेवन गरी अश्लील गीतमा नाच्ने धार्मिक सद्भाव खलबलिने जस्ता अनैतिक अवाञ्छित गतिविधि नगर्न नगराउन जिल्लावासीसँग प्रशासनले चेतावनी दिएको छ ।







