२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेकै छोराछोरी बालेनको साइबर ग्रुपमा गएर सरकारको विरोध गर्दैछन् : पृथ्वीसुब्बा गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् ।

बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसी भैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् ।

‘हाम्रा छोराहरू, हाम्रा छोरीहरू रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा छोराछोरी बालेनको साइबर ग्रुपमा छन्, अनि हाम्रो पार्टीको विरुद्धमा, प्रधानमन्त्रीको विरुद्ध लेखिरहेका छन्, त्यसमा हाम्रो ध्यान गएको छ ?’ उनले प्रश्न गरे ।

अहिलेका विद्यार्थीमध्ये २० देखि २५ प्रतिशत मात्र राजनीतिमा रहेको भन्दै मन्त्री गुरुङले उनीहरू नै अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीहरूमा बाँडिएको बताए । ‘७० देखि ७५ प्रतिशत विद्यार्थी राजनीतिमा छैनन्, उनीहरू रास्वपा र बालेनजस्ताको सेना भइरहेका छन्’, उनले भने ।

एमालेले देशभरका छोराछोरी अखिलमा र युवा संघमा होस् भने पनि उनीहरू कहाँ छन् भन्ने पार्टीका नेता कार्यकर्तालाई थाहै नभएको नेता गुरुङको भनाइ छ ।

‘देशैभरि छोराछोरी अखिलमा, युवा संघमा होस् भनेको होइन, कहाँ छन् उनीहरू ? पार्टीले बनाएको योजना हामीले कहाँ कार्यान्वयन गरेका छौँ ?’, उनले प्रश्न गरे, ‘नयाँ पुस्ता हामीसँग छैन अहिले, उनीहरूलाई विद्यार्थी, युवा अरु कुन कुन जनसंगठन छन्, त्यसमा आबद्ध गर्नुपर्‍यो ।’