८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक स्थिरताका लागि काँग्रेस र एमालेको सरकार : सञ्चारमन्त्री गुरुङ

अ+ अ-

तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताएका छन् । नेकपा (एमाले)का उपमहासचिव रहेका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई संकट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताए । 

राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भने, “वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एक खालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।” 

दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उनको दाबी थियो । उनले भने “जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठिक ढंगले लयमा अगाडी बढेको छ ।”

जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भने, “संविधान पनि काँग्रेस एमाले मिलेर बनाएका हौँ । पञ्चायत विरुद्धको आन्दोलनमा पनि हामी सँगै थियो । जबजब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ ।” सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्ने गरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस