२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्य चीन प्रस्थान

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सोमबार मुख्यमन्त्री आचार्य त्यसतर्फ प्रस्थान गरेका हुन् । चाइना एयरलाइन्सको ५.५५ बजेको फ्लाइटमार्फत उनी त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११ देखि १३ (कात्तिक २६, २७ र २८ गते)अन्तराष्ट्रिय सम्मेलन हुँदैछ । मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहित ७ सदस्यीय प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको भ्रमण दलमा सहभागी मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ ।

मुख्यमन्त्री आचार्यको चीन भ्रमणलाई आइतबार बसेको संघीय सरकार मन्त्रिपरिषद् बैठकले अनुमति दिएको थियो । यसअघि २० कात्तिकमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको थियो । मुख्यमन्त्री विदेश रहेका बेला भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।