सुर्खेत। सुर्खेतमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, त्रिपुरेश्वरमा सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी बालिका अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ क ००६८ नम्बरको सनसाइन एकेडेमी बोर्डिङ स्कुलको बसले बालिकालाई ठक्कर दिँदा समीक्षाको घटनास्थलमै मृत्यु प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
अहिले चालक र गाडी प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।