२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा पर्यटक भित्र्याउन भेला

अ+ अ-

गोरखा । गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गरिने भएको छ । नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार गर्दै पर्यटन प्रवर्द्धनका लागि योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को आयोजना गर्न लागिएको संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए । 

यहीँ मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए । ‘‘गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ, अध्यक्ष कुँवरले भने, ‘‘त्यसलाई सहयोग पुर्‍याउन संघले पनि व्यवसायीहरूको बृहत् भेला गर्न लागेको हो ।’’

भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उनको भनाई छ । 

‘‘पर्यटकलाई आकर्षण गर्न सक्ने थुप्रै ठाउँहरू भए पनि यथोचित हिसाबले प्रचार गर्न अझै सकिएको छैन, संघका महासचिव सुमन श्रेष्ठले भने, ‘‘गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिन सके यहाँको आर्थिक सम्बृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।’’ भेलामा करिव १ सय ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहने छ । 

सोही अवसरमा थप पर्यटकीय क्षेत्रको पहिचानका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहले भिडियो सामाग्री निर्माण गरी प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको उनले बताए । उनले भने, ‘‘भेलामा गोरखामा पर्यटकको बसाई लम्ब्याउनका लागि पनि आवश्यक योजना बनाइनेछ, यहाँका रैथाने खाना तथा संस्कृतिको जर्गेना र र प्रवर्द्धनका लागि पनि भेला महत्त्वपूर्ण रहनेछ ।’’