काठमाडौँ । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले बताए ।
तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली काँग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा. डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।
कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।